१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मानसिक स्वास्थ्य सेवालाई विस्तार गर्दैछौं : प्रधानमन्त्री दाहाल


104
Shares

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभएको छ ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सबै नागरिकको मानसिक सुस्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई बिस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको बताउनुभयो । मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कुरितिलाई न्युनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले समावेशी र समानुभुतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्ने, सबैलाई मर्यादित र सम्मानकासाथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा ऐन संसोधन लगायतका समस्या स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर छिटै समाधान गरिने बताउनुभयो ।