१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्नुपर्छ’


2.704k
Shares

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्न माग गर्नुभएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद साहले यस्तो बताउनुभएको हो । उहाँले इजरायलमा नेपाल सरकारको कुटनीतिक असफलता भएको बताउनुभयो ।

सांसद साहले कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ भइरहेको बताउनुभयो । उहाँले सरकारले भागबण्डा गरेर राजदूत नियुक्ति गर्नाले असक्षम राजदुत नियुक्ति हुने गरेको बताउनुभयो ।

सांसद साहले इजरायलसँग कुटनीतिक असफलता व्यहोरेको भन्दै सरकारले आत्मालोचित हुनुपर्ने बताउनुभयो ।