१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्री आचार्यको आदेशमा समाज कल्याण परिषद्का सदस्यसचिवलाई परिषद् प्रवेशमा रोक


1.248k
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको आदेशमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टलाई परिषद् प्रवेशमा रोक लगाइएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर परिषद् पुगेका सदस्यसचिव भट्टलाई परिषद्का कोषाध्यक्ष विनय लामाले मन्त्रीको आदेश भन्दै रोक लगाएका हुन् । सर्वोच्च अदालतको अन्तरिम आदेश दिएर मंगलवार परिषद्मा कार्यभार सम्हाल्न जानुभएका भट्टलाई कोषाध्यक्षले मन्त्रीको आदेश भन्दै रोक्नुभएको हो ।

मन्त्रीको निर्देशन भएको भन्दै कोषाध्यक्षले सदस्यसचिव भट्टको पत्र दर्ता नगर्न प्रशासनलाई निर्देशन दिएपपछि एकैछिन परिषद्मा भनाभनको स्थिति बनेको थियो । कर्मचारीले सर्वोच्चको अन्तरिम आदेश दर्ता गर्न नमानेपछि सदस्यसचिव भट्टले आफू नै परिषद्को प्रमुख भएको र सर्वोच्चको अन्तरिम आदेश लिएर आएकालदे आफूले भनेको मान्नुपर्ने भन्दै दर्ता गर्न आदेश गरेपनि दर्ता शाखाका कर्मचारीले नमानेपछि आफैँ पत्र लिएर प्रशासन प्रमुखकोमा पुग्नुभएको थियो । कोषाध्यक्ष विनय लामाले मन्त्रालयले पुनः बहालको लागि दिएको पत्र दर्ता समेत रोक लगाएपछि परिषद्मा भनाभन समेत भएको थियो ।

निवेदन दर्ता गर्ने सवालमा कोषाध्यक्षसँग लामो समय भनाभन भएपछि सुरक्षाकर्मीको उपस्थितिमा परिषद्का कर्मचारीले सदस्यसचिवको निवेदन दर्ता गरेका थिए । निवेदन दर्ता भएपछि सदस्यसचिव भट्टले सर्वोच्चबाट अन्तरिम आदेश पाएसँगै परिषद्मा कार्यभार सम्हाल्न आएको प्रतिक्रिया दिनुभयो ।

मन्त्रीपरिषद्को भदौ २९ गतेको निर्णय भन्दै महिला मन्त्रालयले पूर्वन्यायधिशको नेतृत्वमा छानबिन समिति गठन गरी सदस्यसचिव भट्टलाई मन्त्रालयमा हाजिर गराउने निर्णय बिरुद्ध सर्वोच्च अदालतले सदस्यसचिव भट्टको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।