१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि उम्मेदवारी दर्ताको समय सकियो


676
Shares

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि उम्मेदवारी दर्ताको समय सकिएको छ ।

मंगलबार साँझ ५ बजेबाट मतदानको समय निर्धारण गरिएको भए पनि उम्मेदवारको नामावली प्रकाशन गर्न नै ढिलाइ भएको छ।पाँच पदाधिकारी पदमा २३ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा चार जना, उपाध्यक्षमा ६ जना, सचिवमा ४ जना र उपसचिवमा ९ जना छन् । ९ मध्ये ३ जना महिला छन् । निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद, गजेन्द्रबहादुर शाहीको उम्मेदवारी छ । सचिवमा रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी, जीवन कुमार बम छन् भने उपसचिव (महिला) तर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराज उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट छन् ।