२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप क्रिकेटमा आज भारत र अफ्गानिस्तान भिड्दै


1.963k
Shares

काठमाडौं । भारतमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा बुधबार आयोजक भारतले अफ्गानिस्तानको सामना गर्नेछ ।

दिल्लीमा हुने खेल दिउँसो सवा २ बजे सुरु हुनेछ । पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको भारत प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ । अफ्गानिस्तान भने विश्वकपमा पहिलो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा उसलाई बंगलादेशले ६ विकेटले पराजित गरेको थियो । विश्वकप क्रिकेटमा मंगलबारको खेलहरुमा पाकिस्तान र इंग्ल्याण्ड विजयी भएका छन् । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको पाकिस्तानले मंगलबार राति सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्‍यो ।

यसैगरि पहिलो खेलमा न्युजिल्याण्डसँग हारेको इंग्ल्याण्डले दोस्रो खेलमा मंगलबार बंगलादेशलाई १ सय ३७ रनले पाखा लगायो ।