२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपालमा हुने ठूला भ्रष्टाचारको डील विदेशमा हुने गरेको अख्तियार प्रमुख राईको दाबी


5.083k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले नेपालमा हुने भ्रष्टाचारको डील विदेशमा हुने गरेको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा अख्तियार प्रमुख राईले नेपालको भ्रष्टाचारको अन्तर्राष्ट्रियकरण भएको बताउनुभयो । ठूला भ्रष्टाचारको डिल सिंगापुर, हङकङ र युएईमा हुने गरेको उल्लेख भन्दै उहाँले त्यसरी हुने भ्रष्टाचारको प्रमाण संकलनका लागि विद्यमान कानूनमा संशोधन जरुरी रहेको औंल्याउनुभयो ।

अन्तर्राष्ट्रिय स्तरमा ठूला–ठूला भ्रष्टाचारको डिल भएको थाहा पाएर पनि प्रमाण जुटाउन नसकिएको अख्तियार प्रमुख राईको भनाइ थियो । भ्रष्टाचारको स्वरूप फेरिएर भ्रष्टाचार एउटाले गर्ने तर पैसा अर्कैले बुझ्ने गर्ने प्रवृत्ति बढको भन्दै उहाँले कारोबारको डील एउटाले गर्छ तर लेखनदासले पैसा लिन्छ भन्नुभयो । पैसा बुझ्ने लेखनदासले पैसा कहिले बाँड्छ भन्ने थाहा नहुने पनि उहाँको भनाइ थियो ।

राज्य व्यवस्था समितिको बुधबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन–२०४८ लाई संशोधन गर्न बनेको विधेयक र अख्तियारको काम कारबाहीबारे छलफल भएको थियो ।