१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै नीतिगत निर्णयहरु अख्तियारलाई छानबिन गर्न दिनु उचित हुँदैन : सांसद पन्त


676
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सबै नीतिगत निर्णयहरु अख्तियारलाई छानबिन गर्न दिँदा प्रधानमन्त्रीको कार्यकारी अधिकार कमजोर बन्ने बताउनुभएको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अख्तियारलाई सबै निर्णय छानबिन गर्न दिँदा प्रधानमन्त्री बलियो हुन नसक्ने बताउनुभयो । उहाँले मन्त्रीपरिषद्का निर्णयहरुलाई पनि हेर्ने र प्रधानमन्त्रीको अधिकार पनि नखोसिने गरी मध्यकारी प्रावधान बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले संवैधानिक ढाँचाभित्र सन्तुलन खोज्दा दुवै पक्षलाई राम्रो हुने बताउनुभयो ।

सांसद पन्तले सबै नीतिगत निर्णय अख्तियारलाई दिन नहुने बताउनुभयो ।