
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा जिल्ला समितिले संगठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ ।
बिहीबार रौनियार धर्मशालामा आयोजित कार्यक्रममा उक्त जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समिति सदस्यहरु, प्रदेश समिति सदस्यहरु, जिल्ला समिति सदस्यहरु, क्षेत्रीय समिति र पालिका समितिका पदाधिकारीहरुलाई उपस्थित हुन भनिएको छ ।
साथै जनप्रतिनिधिहरु, भ्रातृसंगठनका केन्द्र, प्रदेश तथा जिल्लास्तरीय पदाधिकारीलाई समेत अनिवार्य उपस्थित हुन भनिएको जिल्ला समितिका सचिव बरुणकुमार यादवले जानकारी दिनुभयो ।
अभियानलाई सशक्त र प्रभावकारी सञ्चालन गर्न विभिन्न विभागीय जिम्मेवारी समेत तोकेको छ । जसअनुसार संगठन विभाग प्रमुखमा शत्रुधन यादव, युवा विद्यार्थी विभाग प्रमुखमा ललित मण्डल, महिला विभाग प्रमुख गिरीजा यादव, जनसम्पर्क विभाग प्रमुख चन्द्रदीप गोइतलाई तोकिएको छ ।
विभागमा सदस्यहरुको चयन समेत गरेको जिल्ला सचिव यादवले जानकारी दिनुभयो । जसपाका आठै जिल्लाले तालिका बनाएर संगठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्