११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छः महामन्त्री थापा


104
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताउनु भयो । उहाँले मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनु भन्दा घर घरमै स्वास्थ्य सेवा पुर्‍याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने बताउनु भयो । उहाँले ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताउनु भयो ।

महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा पुर्‍याउने काम काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताउनु भयो ।