
फाइल तस्बिर
काठामाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले त्रिदेशीय टि ट्वेन्टी शृखला नखेल्ने निर्णय गरेका छन् ।
बिहीबार राति सन्दीपले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृंखलामा आफू सहभागी नहुने जानकारी गराएका हुन् ।
उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको पनि बताएका छन् । घरेलु मैदानमा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट शंखलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ ।
सन्दीप विरुद्धको बलात्कार मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन छ ।
प्रतिक्रिया दिनुहोस्