२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


झापामा लागुऔषत सहित ४ जना पक्राउ


624
Shares

काठमाडौं । झापाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका– ९ का मोहन टुडु, सोम मर्डी र अंकित भन्ने डिल्ली बहादुर खड्का रहेका छन् ।

उनिहरुलाइ झापाको बिर्तामोडबाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीले ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको गौरीगञ्ज प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–०१५ प. ६७४६ नम्बरको स्कुटर चेकजाँच गर्दा चालक दमकका प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।