
बारा । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले सरकारले सिमरा सेजमा औद्योगिक क्षेत्र पनि बनाउने बताउनुभएको छ ।
बाराको सिमरा सेजमा अनुगमनपछि आयोजित अन्तरक्रियामा मन्त्री रिजालले चाँडै विज्ञहरुसँगको छलफलपछि सेजको डि र ई ब्लकमा औद्योगिक क्षेत्र बनाएर उद्योग सञ्चालन गर्न सकिने गरी सरकारले नीति निर्माण गर्ने बताउनुभयो ।
मन्त्री रिजालले सेजमा संचालन हुने उद्योगहरुमा स्थानीयलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । यस्तै पुर्व श्रम मन्त्री तथा सांसद किसान श्रेष्ठले सेजमा उद्योग ल्याउन नेपाली उद्योगीलाई सरकारले कर, भाडा लगायतमा सहुलियत दिइ आर्कषित गर्नुपर्नेमा जोड दिनुभयो ।
८ सय ३३ बिगाह क्षेत्रफलमा रहेको सिमरा सेजमा ५ ब्लक रहेका छन् । जसमध्ये ए ब्लकमा २१ उद्योगहरुले कारखाना संचालनका लागि धमाधम पुर्वाधार निर्माण गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्