
काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
आइतबार नेकपा(एमाले) काठमाडौं महानगर समितिले आयोजना गरेको महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको हो । उहाँले देशमा जात-जातका विचमा विभिन्न अन्तरबिरोध र द्वन्द्वहरु सिर्जना भइरहेको भन्दै त्यो गलत काम भएको बताउनुभयो ।
उपाध्यक्ष शाक्यले आजसम्म विभिन्न जातजातिहरु मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताउनुभयो । उहाँले समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने बताउनुभयो ।
उपाध्यक्ष शाक्यले नेपालका संस्कृति र परम्पराभित्र रहेका विभेद र असमानताहरुलाई सच्याउँदै र सुधार गर्दै लानुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्