७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पण्डित बैजनाथ भट्टराईद्वारा लिखित पुस्तक ‘श्रीमद्भागवतगीता शाङकरभाष्य’ को नेपाली अनुवाद बजारमा


156
Shares

काठमाडौं । विद्वान पण्डित आचार्य बैजनाथ भट्टराईद्वारा लिखित पुस्तक ‘श्रीमद्भागवतगीता शाङकरभाष्य’ को नेपाली अनुवाद बजारमा आएको छ ।

शंकराचार्यद्वारा संस्कृत भाषाबाट हिन्दीमा अनुवाद गरिएको गीताको शाङकरभाष्यलाई पंण्डित भट्टराईले नेपाली भाष्य गर्नुभएको हो । संस्कृत भाषाका जटिल शब्दहरुलाई छुट्याएर पुस्तकमा सरल भाषामा लेखिएको छ । श्रीमद्भागवतगीता जस्तो ज्ञानको महासागरका बिविध पक्षको पुस्तकमा महिमा र ब्याख्या गरिएको छ ।

स्वर्गीय बैजनाथले ५० वर्ष अघि हस्तलिखित पाण्डुलिपिका रुपमा यो ग्रन्थको रचना गर्नुभएको भएता पनि त्यसलाई ग्रन्थको रुपमा प्रकाशन गरेर भर्खरैमात्र बजारमा ल्याइएको हो । यसलाई छपाइ गरी प्रकाशनमा ल्याउने काम स्वर्गीय बैजनाथका जेष्ठ सुपुत्र स्वर्गीय विश्वनाथ भट्टराईका सुपुत्र (पं बैजनाथका नाती) भरत भट्टराई र श्रीमति उषा भट्टराईले गर्नुभएको हो । आत्ध्यात्मिक चिन्तन ज्ञानका लागि यो ग्रन्थ निकै उपयोगी त छनै आधुनिकताको नाममा भौतिक उपभोग्य सामाग्रीहरुले कुरुप पारेको जीवन र जगतलाई सही मार्ग निर्देश गर्न पुस्तक निकै सहयोगी बन्न सक्नेछ । हाम्रा चाड पर्वका बेला कुन पुस्तक अध्ययन गर्ने भन्ने दोधारमा रहनेहरुका लागि पनि पुस्तक निकै उपयोगी हुन सक्नेछ ।

बैजनाथको जन्म बि.सं १९७१ चैत १५ गते ताप्लेजुङमा भएको थियो भने स्वर्गारोहण २०५८ फागुन ७ गते बिराटनगरमा भएको थियो । स्वर्गीय बैजनाथको यो ‘श्रीमद्भागवतगीता शाङकरभाष्य’ १० औं ग्रन्थ हो । यस अघि बिभिन्न कालखण्डमा बैजनाथले नेपालीलाई ९ वटा कृति दिएर गुन लगाउनु भएको छ ।

‘श्रीमद्भागवतगीता शाङकरभाष्य’ मा ६५४ पृष्ठ रहेका छन् । यसलाइृ मोरङ अफसेट प्रेसमा छापिएको हो । यस ग्रन्थको संस्थागत मूल्य १ हजार ५ रुपैयाँ र ब्यक्तिगत ५ सय ५ रुपैयाँ रहेको छ ।