
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरुलाई दूधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरुलाई निर्देशन दिनुभएको छ ।
सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री भुसालले कारोबार भएको एक महिनाभित्र किसानहरुलाई दूधको भुक्तानी गर्न दूधसँग सम्बन्धित सबै संस्थालाई निर्देशन दिइएको बताउनुभएको हो । उहाँले दूधसँग सम्बन्धित संस्थाहरुको समस्या समाधानका लागि मन्त्रालयले उनीहरुको स्टक रहेको दूधलगायतका उत्पादनहरुलाई धितो राखि सहुलियतमा ऋण उपलब्ध गराउनका लागि पहल गरिदिने समेत बताउनुभयो ।
मन्त्री भुसालले दूधसम्बन्धि संस्थाहरुको स्टक रहेको उत्पादनबाट सहुलियत दरमा ऋण दिलाउन सकियो भने उनीहरुको समस्या पनि समाधान भएर जाने बताउनुभयो ।
मन्त्री भुसालले लम्पी स्किनविरुद्धको खोप नेपालमै उत्पादन गर्नका लागि आवश्यक तयारीको कामलाई अघि बढाइएको पनि दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्