७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मिथिलाका शक्तिपीठहरुमा खोइँछ भराइ


208
Shares

जनकपुरधाम । मिथिलाका शक्तिपीठहरुमा आज मिथिलाका मिहलाले सौभाग्य तथा सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् ।

नवरात्री सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, दुबो, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहित देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका हुन् ।

भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमै बट्बस्ने र विजय दशमीका दिन घर जाने गर्दछिन् भन्ने मान्यताको आधारमा खोइँछ भर्ने परम्परा रहेको छ । मिथिलाञ्चलका शक्तिपीठहरु, देवी मन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको थियो । खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित रहेकाले भगवती दुर्गाको सान्निध्यताले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाले खोइँछ भर्ने गरेको संस्कृतिविद बताउँछन् ।

त्यसैगरि राजा जनकको कुलदेवी राजदेवी मन्दिरमा बेलुका आठ बजेबाट बोकाबली प्रदान हुने आयोजक कमिटिले जनाएको छ ।