
काठमाडौं । दशैं नमनाउने ललितपुरको खोकनाबासीले सिकाली सिद्धिकाली जात्रा सम्पन्न गरिएको छ ।
शक्तिको रुप रुद्रायणी भनिने सिकाली मन्दिरस्थित सिकाली चौरमा रहेको पिठमा देवी गण पुगेर तान्त्रिक पूजा सहित नाचगान गरेको मान्यता छ ।
घटस्थापनाको दिन किराँती भेषमा कुमार केटाहरुलाई सिकाली चौरमा रहेको पिठमा लगेर विशेष पूजा गर्ने प्रचलन छ ।
सिकाली मन्दिर परिसरमा रुद्रायणी देवगणहरुले तान्त्रिक नृत्य गरेका थिए । जात्रामा रुद्रायणी, गणेश, भैरव, कुमारी, ब्रहमा, विष्णु, महेश्वर, इन्द्रायणी, बाराही, चामुण्डाकाली, महालक्ष्मी, हनुमान र कुमार लगायत १४ देवदेवीको तान्त्रिक नृत्य प्रस्तुत गरेर सप्तमीको मध्यरातमा जात्रा सम्पन्न गरिन्छ । मन्दिर भित्र वीरभद्र र महाकालीका रूपमा तान्त्रिक विधिबाट पूजा समेत गरिन्छ ।
दशैं नमनाउने खोकनाबासीले सिकाली जात्राकै समयमा आफन्तलाई डाकेर भोजभतेर गर्ने प्रचलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्