१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानसेनापति शर्मा चीन प्रस्थान


0
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बेइजिङ प्रस्थान गर्नुभएको छ ।

प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम उद्घाटन समारोहमा सहभागी हुन चीन प्रस्थान गर्नुभएको हो ।

चिनमा रहंदा उहाँले चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीसंग भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले सियान सिटी, सांघाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानसेनापति शर्मा यही कात्तिक १६ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ । भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिका सैनिक सहायक तथा स्टाफ अधिकृत हुनुहुन्छ ।

प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ ।