८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भ्रष्टाचारकाविरुद्ध साझा रुपमा लड्नुपर्छ : सभापति लामिछाने


195
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दलहरुले गरिबी, बेरोजगारी र भ्रष्टाचारकाविरुद्ध साझा रुपमा लड्नुपर्ने बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै सभापति लामिछानेले देशमा गरिबी, बेरोजगारी र भ्रष्टाचार सबै राजनीतिक दलका दुश्मन भएको भन्दै त्यसका विरुद्धमा साझा रुपमा लड्नुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी यिनै साझा दुश्मनकाविरुद्ध लडिरहेको भन्दै कुनै राजनीतिक दलहरुसँग आफूहरुको प्रतिष्पर्धा नभएको बताउनुभयो ।

सभापति लामिछानेले आफूहरुको चुनौति पार्टी निर्माण, संगठनको चुस्तता र दस्तावेज निर्माणमा भएको बताउनुभयो । उहाँले रास्वपा रास्वपा आफ्नै खुट्टामा अल्झिएर लड्छ कि भन्ने विषयमा सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

सभापति लामिछानेले नेपाली जनताका मुद्दाहरुमा मेलमिलापको नीतिको सान्दर्भिकता कहिल्यै पनि नहट्ने बताउनुभयो । उहाँले कांग्रेसले अंगिकार गरेको विगतको मेलमिलापको नीति, चुनौति र पात्रहरु अलग भएपनि सो नीतिलाई एउटा असल नीतिको रुपमा लिन सकिने बताउनुभयो ।