२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेसभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन : सभापति देउवा


312
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताउनुभएको छ ।

दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सभापति देउवाले सो दाबी गर्नुभएको हो । उहाँले पार्टी भित्रै कुनै समस्या भए तत्काल समाधान गर्ने समेत बताउनुभयो ।

सभापति देउवाले आफूले पार्टी भित्र मेलमिलापको वातावरण बनाउने कोशिस गरिरहेको समेत बताउनुभयो । उहाँले सभापति देउवाले ठूला दल बिस्थापित हुन्छन् भन्ने कुरा सत्य नभएको पनि दोहोर्‍याउनुभयो ।