
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पतिको सीमाङ्कन गर्ने र विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताउनुभएको छ ।
आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि नेपालीहरुको विदेशमा सम्पति भएको खबर बाहिर आएको भन्दै उहाँले नेपालीको सम्पतिको सीमाङ्कन गर्न आवश्यक रहेको बताउनुभयो ।
सांसद सुवालले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताउनुभयो । उहाँले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौति गर्नुपर्ने माग गर्नुभयो ।
सांसद सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारी समेतले स्वयंसेवी भावनामा काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्