
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आइतवार दुई वटा विधेयक पेस भएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रश्तुत भएको छ भने “भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ । दुवै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको हो ।
त्यस्तै, आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलवार अपरान्ह ४ बजे सम्बोधन सम्बन्धी जानकारी संसदलाई गराउनुभयो । उहाँले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपाचारिक पोशाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्