
काठमाडौं । दशैं विदापछि खुलेको पहिलो दिन नै शेयर बजारमा २८ अंक बढीको पहिरो गएको छ ।
बजार खुलेदेखि नै ओरालो लागेको बजार ३४ अंक बढीले घटेकोमा अन्तिममा २८ दशमलव १८ अंकले घट्दै बन्द भएको छ ।
बजार परिसूचक नेप्से आइतबार १८ सय ७५ को विन्दुमा झरेको छ ।
सबै उपसमूहहरु घटेको बजारमा ब्यापार उपसमूह सर्वाधिक २ दशमलव ५८ प्रतिशत र होटल तथा पर्यटन उपसमूह २ दशमलव ६३ प्रतिशतले घटेका छन् । आइतबार २ सय ३४ वटा कम्पनीको २७ लाख १२ हजार कित्ता शेयर ७४ करोड २९ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
घटेको बजारमा अपरसोलु हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नौ प्रतिशत कमाएका छन् भने आइतबार मात्रै कारोबारमा आएको सोना सिमेन्टका लगानीकर्ताले सर्वाधिक दश प्रतिशत गुमाएका छन् । आइतबार दिनभरमा नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्