१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महासचिव गुटेरेस पाटन दरबार क्षेत्रमा (तस्बिरहरु)


234
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ ।

आइतबार अपरान्ह उहाँले पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो ।

पाटन दरबार क्षेत्रको भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गर्नुभएको छ । साथै उहाँलाई मेयर महर्जनले ललितपुर दरबार क्षेत्रमा भ्रमण गराउनुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली, सत्तारुढ प्रमुख दलका नेता शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । उहाँले मंगलबार पोखरा, सोलुखुम्बुस्थित सगरमाथाको बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, लुम्बिनी लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।