
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो तीन हजार करोड लगानी रहेको पत्ता लगाउनेलाई एक हजार रुपैयाँ थपेर दिने बताउनु भएको छ ।
एमाले गण्डकी प्रदेशले सोमबार पोखरामा गरेको कार्यक्रममा ओलीले आफू र एमालेलाई बदनाम गर्न विदेशमा लगानी गरेको अफवाह फैलाएको दाबी गर्नुभयो । आरोप लगाउनेलाई ‘भुस्याहा कुकुर’ को संज्ञा दिँदै ओलीले आपूm र श्रीमतीका नाममा रहेको सबै सम्पत्ति समेत दान गरिसकेको दाबी पनि गर्नुभयो ।
एमालेले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हालेर अपराध नगर्ने पनि उहाँको भनाइ थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब रुपैयाँ बराबरको लगानी गरेको आरोप लगाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्