१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


हिमाल र हिम नदीहरु जोगाउन महासचिव गुटेरेसको जोड


637
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु अनुकुलनका लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताउनुभएको छ ।

आज अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

महासचिव गुटेरेसले जलवायु अनुकुलनका लागि बनाइएका कोषहरुको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरुले पाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशहरुलाई आग्रह गर्नुभयो । महासचिव गुटेरेसले जलवायु परिवर्तनको असर कम गर्न यहाँ रहेका हिमाल र हिमनदी जोगाउनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भइरहेको बताउँदै यसबारे अन्तर्राष्ट्रिय समूहलाई आग्रह गर्ने बताउनुभयो ।