८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेप्सेमा १४ अंकको गिरावट


130
Shares

काठमाडौं । शेयर बजार पुनः दोहोरो अंकले ओरालो लागेको छ ।

निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको बजार सोमबार सामान्य अंकले हरियो रहेकोमा मंगलबार पुनः ओरालै यात्रामा रहेको हो ।

उतारचढावबीच बजार नेप्से १४ अंकले ओरालो लागेर १८ सय ६४ मा आएर थामियो । कारोबारमा आएका सबै समूह ऋणात्मक रहँदा जीवन बीमा समूह सबैभन्दा उच्च डेढ प्रतिशतले ओरालो लाग्यो ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ८६ कम्पनीको २२ लाख ५८ हजार कित्ता शेयर ५७ करोड १४ लाख रुपैयाँ बराबरमा कारोबार भयो । मंगलबार जम्मा ३८ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ९३ कम्पनीकोे शेयर मूल्य घटेको छ ।

मंगलबार सोनापुर मिनिरल्सका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत हाराहारीमा गुमाए । कारोबारको आधारमा यसदिन सूर्यज्योती लाइफ इन्स्योरेन्सको सर्वाधिक १ करोड ७० लाख बढीको कारोबार भएको एम्सचेन्जले जनाएकोछ ।