
काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानले आईसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरे घरेलु टोली उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै जारी एशिया क्वालिफायरको सेमिफाइनलमा पुगेको छ । त्यो सफलतासँगै भएको पत्रकार सम्मेलनमा सन्दीपले नेपालको अहिले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा निकै राम्रो रहेकाले उपाधि जित्ने नै विश्वास व्यक्त गरे ।
साथै उनले अहिले नेपालको घरेलु मैदानमा नेपालसँग खेल्न कुनै टोलीका लागि पनि सहज नहुने बताए । यो समूहबाट नेपालसँगै ओमान एक खेल बाँकी छँदा नै सेमिफाइनलमा पुग्न सफल भयो ।
यी दुईबीच समूह विजेताका लागि अन्तिम खेल आगामी बिहीबार हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १६६ रनको लक्ष्य नेपालले १८ औं ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आक्रामक ब्याट्सम्यान कुशल मल्लले ६५ रनको अर्धशतकीय इनिङ खेले । कुशल मल्लले खेल फिनिस गर्ने अवसर आएपनि सफल नभएकोमा दुःख लागेको बताए । कुशलले ३४ बलमा दुई चौका र सात छक्का प्रहार गरे ।
जितनजिक पुग्दा उनी १७ औं ओभरमा मोहम्मद अमिरद्वारा आउट हुन पुगे । त्यसअघि आक्रामक सुरुआत गरेको नेपालले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्यो । यो साझेदारीमा ओपनर कुशल भुर्तेलको नै ४३ रनको योगदान दिए । स्पिनर पवनदीप सिंहले भुर्तेललाई आउट गर्दै नेपालको पहिलो विकेट लिए । कुशलको इनिङमा समान चार चौका र छक्का रह्यो । अर्का ओपनर आसिफ शेख दोस्रो विकेटका लागि कुशल मल्लसँग ६७ रनको साझेदारी गरे ।
११.४ ओभरमा अमिरले नै आसिफलाई ३२ रनमा आउट गर्दै त्यो साझेदारी तोडे । कप्तान रोहितकुमार पौडेल २ रनमा नै पवेलियन फर्किए । उनी पनि अमिरकै शिकार भए । तर, सन्दीप जोराले अविजित १८ रन बनाउँदै १२ बल अगावै जित सुरक्षित गराए । मलेसियाको बलिङमा अमिरले तीन तथा पवनदीपले एक विकेट लिए । यो समूहबाट लगातार दुई हारसँगै मलेसियाका र सिंगापुरको यात्रा समूहचरण बाटै अन्त्य भएको छ । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६६ रनको चुनौतिपूर्ण लक्ष्य प्रश्तुत गरेको थियो ।
निकै आक्रामक शुरुवात गरेको मलेसियाले पनि २७ बलमा नै ५० रन जोड्दै नेपालका बलरमाथि दबाब बनाए । ओपनरद्वय सैइद अजिज र जुबैदी जुलकिफलले ५८ रनको साझेदारी गर्दै मलेसियालाई राम्रो शुरुव ात दिए । अविनाश बोहोराले ५.५ ओभरमा जुबैदीलाई २४ रनमा आउट गर्दै ‘ब्रेक थ्रु’ दिलाए । पहिलो विकेट पतनपछि पनि मलेसियाले आक्रामक ब्याटिङ जारी राख्यो । एक छेउबाट ओपनर सैइद अजिजले इनिङ अगाडि बढाए । तर, सातौं ओभरमा मलेसियाले कप्तान अहमद पैmजलाई ३ रनमा नै रनआउटका रूपमा गुमायो ।
एक छेउबाट अजिजले आक्रामक ब्याटिङ जारी राखे । तथापि, लेग स्पिनर सन्दीपले अनुभवी ब्याटर विरनदीप सिंहलाई ४ रनमा नै पवेलियन फर्काउँदै नेपाललाई तेस्रो सफलता दिलाए । त्यो विकेटसँगै नेपालले मलेसियाको आक्रामक ब्याटिङलाई रोक्ने प्रयास ग¥यो । ओपनर सैदले चौथो विकेटका लागि सार्भिन मुनैदीसँग ३४ रनको साझेदारी इनिङ उकास्ने प्रयास गरे । तर, नेपालका कप्तान रोहितले सार्भिनलाई १३ रनमा कट एण्ड बोल्ड गर्दै उक्त साझेदारी तोडे । १४ औं ओभरमा चौथो विकेट पतन हुँदा मलेसियाले ११९ रन जोडेको थियो ।
यद्यपि, मलेसियाले खातामा थप ६ रन जोड्दा महत्ववपूर्ण ब्याट्सम्यान सैइदलाई ६८ रनमा गुमायो । गुल्सन झाले उनलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए । सैइदको इनिङमा आठ चौका र दुई छक्का रह्यो । त्यसपछि नेपालका बलरले कसिलो बलिङ गरे । यद्यपि, तल्लो क्रमका ब्याटर विजयी उन्नीले नटआउट १३ रन जोड्दै मलेसियालाई राम्रो योगफलतर्पm अग्रसर गराए । नेपालको बलिङमा अविनाश बोहोराले चार ओभरमा सर्वाधिक चार विकेट लिँदा २७ रन खर्चिए ।
सन्दीप, रोहित र गुल्सनको नाममा एक विकेट रह्यो । अनुभवी बलर सोमपाल कामी र करण केसी विकेटविहिन भएसँगै महँगा पनि रहे । नेपालको सन्दीप लामिछानेले ब्याटिङमा पुराना समस्या हटेको र एक जना चल्न नसक्दा राम्रो ब्याकअप पाउनु निकै सुखद् पक्ष रहेको बताए । सन्दीपले आजको खेलमा कुनैपनि समय नेपाल पछि नपरेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्