काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ ।
जितसँगै पाकिस्तानले सेमिफाइनलमा पुग्ने संभावना जिवित राख्दा बंगलादेश बाहिरिएको छ ।
भारतको कोलकातामा गएराति भएको खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले ४५ ओभर १ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो ।
उसका लागि महमदुल्लाहले ५६ रन जोड्दा पाकिस्तानका शाहिन साह अफ्रिदी र मोहोमल वसिमले तिन तिन विकेट लिए ।
जवाफमा २ सय ५ रनको लक्ष्य पाकिस्तानले ३३ औं ओभरमा तिन विकेट गुमाएर पुरा ग¥यो ।
पाकिस्तानको जितमा सरुवाती व्याटरहरु फखर जमानको ८१ रन तथा अब्दुल्लाह शफिकको ६८ रन महत्वपूर्ण रह्यो ।
जितसँगै ७ खेलबाट ६ अंक जोडेको पाकिस्तान अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शिर्ष स्थानको भारतको १२ अंक छ भने १० अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।
न्युजिल्याण्ड र अष्ट्रेलियाको समान ८–८ अंक छ । विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्नेछन् ।
तालिकाको दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र तेस्रो स्थानको न्युजिल्याण्ड बिचको खेल मुम्बईमा दिउसो सवा दुई बजे सुरु हुनेछ ।
विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा बंगलादेश ७ विकेटले पराजित

प्रतिक्रिया दिनुहोस्