२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तिहारका लागि राष्ट्र बैंकले सुन र चाँदीको सिक्का बिक्री गर्ने


2.938k
Shares

काठमाडौं । तिहारका लागि लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखाले आगामी १९ कात्तिकदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने जनाएको छ ।

टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले तिहारमा सुनको असर्फी र चाँदीका मेडालियन सिक्का अभाव नहुने गरी मौज्दात रहेको बताउँदै राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २ दशमलब ५ ग्रामको सुनको असर्फी बिक्री गर्ने जनाएको हो ।

यसैगरि, हरेक दिन बिहान ११ बजे सुनको असर्फी प्रकाशित गरिने पनि आर्चायले जानकारी दिनुभयो । कार्तिक १९ देखि २४ गतेसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, चाँदीको मेडालियन सिक्का पनि १ सय २५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ । २५ ग्रामको चाँदीको सिक्काको मूल्य ४ हजार र १० ग्रामको सिक्काको १ हजार ६ सय रुपैयाँ मूल्य तोकिएको छ ।

राष्ट्र बैंकले कात्तिक १९ देखि २४ गतेसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने जनाएको छ ।