
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताउनुभएको छ ।
बुधबार चाडपर्वको अवसर पारेर पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उहाँले पीडितलाई न्याय दिएर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउनुपर्ने बताउनुभएको हो ।
अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम दलहरुले सहमतिका साथ टुंग्याउनुपर्ने पनि बताउनुभयो । सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई शान्ति प्रक्रिया टुंगो लगाउँदा ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले शान्ति प्रक्रियाको टुंगो लगाउने काममा ढिलाई भएको स्वीकार गर्दै अब ढिलाई गर्न नहुने पनि बताउनुभयो । त्यस अवसरमा अध्यक्ष ओलीले दशैँ तिहार, छठसहितका पर्वको सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्