२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्वोच्चले रिगलको कैद मिनाहाविरुद्धको मुद्दामा आज फैसला सुनाउने


650
Shares

काठमाडौं । सर्वोच्च अदालतलले व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका योगराज ढकालको मुद्दामा आज फैसला सुनाउने भएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बुधवार बहस सकिएपछि आजका लागि निसु तोकेको हो ।

व्यक्ति हत्याको मुद्दामा जन्मकैद ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध भारती शेर्पाले दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले असोज १९ मा प्रारम्भिक सुनुवाई गर्दै पुर्ण इजलासमा निरन्तर सुनुवाई गरि मुद्दाको शीघ्र टुंगो लगाउन आदेश गरेको थियो ।

असोज २५ गते प्रधानन्यायाधीश विश्म्भर प्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा पेशी तोकी प्रारम्भिक सुनुवाइपछि हेर्न नमिल्ने भन्दै इजलास कात्तिक १४ गतेका लागि अर्को पेशी तोकेको थियो ।

नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा रिगललाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।