१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने


65
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले पश्चिम नेपालका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रवार राती कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरुका लागि राहत, उद्वार, र पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ कर्णाली सरकारमार्फत वितरण गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपतकालिन अवस्थामा कार्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।