
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनु आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष ढकालले पछिल्लो समय समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैंकमा तरलता सहजता भएको अवस्था छ । पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदा अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै गएकाले बताउनुभयो । उहाँले यसले अर्थतन्त्र पूर्ण चलायमान बनाउन विश्वास बढाउने बताउनुभयो ।
अध्यक्ष ढकालले अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेको भन्दै सबै निकायहरुको साझा एजेण्डा अर्थतन्त्र सुधार गर्ने भएमा भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुने बताउनुभयो । उहाँले अहिले एक आपसमा आरोपप्रत्यारोप गर्नेभन्दा पनि कहाँ–कहाँ कसरी बढ्न सकिन्छ भने बहस गरी अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र बलियो बन्नको लागि कानून,नीति हुनुपर्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था अफ्ठ्यारो अवस्थामा रहेको बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सवको अवसरमा ३ पत्रकार र प्लानिङ २.० नामक जर्नल विमोचन गरिएको छ । १ लाख रासीको पुरस्कार रातोपाटीका प्रयास श्रेष्ठले पाएका छन् । सिबिफिन बैंकिङ पत्रकारिकता पुरस्कार केटिएम भ्वाइसका रोयल आचार्य र सिबिफिन आर्थिक पुरस्कार विकासन्यूजका सन्तोष रोकायलाई प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्