
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको थियो ।
जाजरकोट र रुकुममा गएको भूकम्पबाट भएको क्षति तथा भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफलका लागि बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शनिवार भूकम्प प्रभावित क्षेत्रमा सबै मन्त्रीहरू राहत तथा उद्धारमा केन्द्रित भएका थिए । सरकारले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम सकिएको बताएको छ ।
भूकम्प गएदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले शुरु गरेको उद्धार तथा खोजी कार्य हिजो अपरान्ह पुरा भएको सरकारले बताएको हो ।
भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरी नेपालगञ्ज पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै हिजो दिनभर भग्नावशेषमा च्यापिएकाहरुको खोजी, उद्धार र उपचारमा ध्यान केन्द्रित गरिएको बताउनु भएको थियो ।
प्रधानमन्त्री दाहालले आजदेखि राहत तथा पुनसर््थापनाको काम शुरु गर्ने बताउनुभएको छ । आजदेखि आवश्यक राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पु¥याइने पनि प्रधानमन्त्री दाहालले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्