१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न संसदीय समितिको निर्देशन


143
Shares

काठमाडौं । संसदीय समितिले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको आकस्मिक बैठकले सो निर्देशन दिएको हो । त्यसैगरी बैठकले राहत, उद्धार र पुनःस्थापना कार्यलाई पनि प्रभावकारी बनाउन सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले बताउनुभयो ।

समितिले विपदको यस घडीमा मानवीय सहायता उपलब्ध गराउन पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय, सहयोगदाताहरुलाई अपिल पनि गरेको छ । घाइतेहरुको शिघ्र तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि समितिले सरकारलाई सचेत गराएको सभापति पन्थले बताउनुभयो ।

समितिले सो घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।