
काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा मंगलबार दोहोरो अंकको सुधार आयो ।
उतारचढावबीच बजार परिसूचक नेप्से ११ अंकले उकालो लागेर १८ सय ५८ कायम भयो ।
अधिकांश समूह हरियो रहँदा अर्ब हारहारीमा कारोबार भयो । मंगलबार मात्र निर्जीबन बीमा समूह झिनो अंकले रातो रहेबाहेक बाँकी समूह सकारात्मक रहे । लगानी, अन्य, वित्त र जीवन बीमा समूहमा १ प्रतिशतमाथिको बृद्धि आउँदा अरु बढीजसो समूह दोहोरो अंकले उकालिए ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ८५ कम्पनीको ४३ लाख बढी कित्ता शेयर ९९ करोड ६६ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । मंगलबार लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च ८ प्रतिशत कमाए ।
प्रतिक्रिया दिनुहोस्