६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्रमा


91
Shares

काठमाडौं । पीडितले राहत नपाएको गुनासो आएपछि संसद्को राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।

समितिका ११ सदस्य राहत वितरणको अवस्था बुझ्न भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमका लागि प्रस्थान गरेको जनाइएको छ ।
भूकम्प गएको पाँच दिन बितिसक्दा पनि पीडितले राहत नपाएको गुनासो आएपछि समितिका सदस्य प्रभावित क्षेत्र जान लागेका हुन् ।

सबै सदस्य आफ्नै खर्चमा जाने र भ्रमणले राज्यसंयन्त्रका कुनै पनि कामकारवाही प्रभावित नहुने बताइएको छ । समितिले भूकम्प पीडितको अवस्था र राहत वितरणबारे बुझेर फर्किएपछि समितिको बैठकबाट सरकारलाई आवश्यक निर्देशन दिनेछ ।

जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र भएर गत शुक्रबार ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिमका १५३ जनाको मृत्यु भएको थियो ।