
काठमाडौं । पोखराको लेक साइड बन्द नगर्न उच्च अदालतले आदेश दिएको छ ।
बुधबार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो ।
उच्च अदालत पोखराका न्यायाधीश राजन प्रसाद भट्टाईको एकल इजलासले सो आदेश दिएको हो ।
देवकुमारी बरालले दिनुभएको रिट निवेदनमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश भट्टराईले कानून अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन अन्तरिम आदेश जारी गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्