
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपालको पाँच दिने भ्रमणमा रहेको छ । बुधवार काठमाण्डौं आइपुगेको टोलीले हिजैदेखि भेटघाटलाई तिव्रता दिएको छ ।
टोलीले बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गर्ने कार्यक्रम छ । वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् ।
भ्रमण दलले अन्य दलका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यतालिका रहेको छ ।
चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने र चीन–नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका पनि रहेको छ ।
भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने बताइएको छ । चिनियाँ नेता वाङको भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्