
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा बिहीवार हुँदैछ ।
मकवानपुरको हेटौँडामा हुने साधारण सभामा अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावको निर्णय हुनेछ । आजको साधारण सभामा अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि मतदान हुने बताइएको छ ।
मतदानमा एन्फाका १ सय ५ मध्ये ८७ सदस्यले मतदान गर्ने छन् ।
एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्त गर्ने मागसहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्