
एजेन्सी । यमनको हुथी विद्रोही समुहले अमेरिकी ड्रोन एयरक्राफ्ट खसालेर ध्वस्त बनाएको छ ।
अमेरिकी अधिकारीका अनुसार रिमोटबाट सञ्चालित एमक्यू नाईन ड्रोन यमनको तटमा हुथी विद्रोही समुहले ध्वस्त बनाएको हो ।
यसअघि उक्त विद्रोही समुहले अमेरिका इजरायल र हमासबीचको जारी द्धन्दमा प्रत्यक्ष संलग्न भएमा हमासको समर्थनमा युद्ध लड्ने चेतावनी दिएको थियो ।
गत अक्टोबर ७ देखि इजरायल र हमासबीच द्धन्द सुरु भएसंगै हुथी समुहले मध्यपूर्वमा आफ्नो सेनामाथि आक्रमण तीब्र बनाएको अमेरिकाले दाबी गरेको छ ।
सन् २०१५ देखि यमनको साउदी समर्थक सरकार र हुथी विद्रोहीबीच संघर्ष चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्