६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


गोर्खा ब्रुअरी प्रा.लिद्वारा भूकम्प पीडितका लागि एक करोड सहयोग


104
Shares

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लिले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले यो चुनौतीपूर्ण समयमा स्वस्फुर्त रुपमा गर्एिको सहयोगका लागि धन्यवाद दिनुभयो ।

डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेका प्राकृतिक विपत्तिहरु विशेष गरि २०७२ को महाभूकम्प र कोरोना महामारीपछि सहयोग गर्दै आएको बताउनुभयो ।

यस ब्रुअरीबाट उत्पादित कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायतका अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पु¥याउँदै आएको पनि बताउनुभयो ।