१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाटनमा रहेका भूमिगत जलभण्डार बचाउन विज्ञको जोड


247
Shares

काठमाडौं । ललितपुरको पाटनमा रहेका प्राकृतिक भूमिगत जलभण्डार र जलस्रोतलाई बचाउन स्वदेशी र विदेशी विज्ञहरुले जोड दिएका छन् ।

ललितपुर महानगरपालिका र कोरिया इभारोमेन्त कर्पोरेसनले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले ललितपुरको पारिस्थितिक जैविक प्रणालीलाई संरक्षण गर्नुपर्ने बताएका हुन् ।

ऐतिहासिक सप्तपाताल पोखरी र अतिक्रमित लिच्छवीकालिन माछा उत्पादन केन्द्र नखुखोलाको जैविक प्रणाली र जलचरको जिवन समेत संरक्षण गर्नु पर्नेमा समेत उनीहरुले जोड दिए ।

उपत्यकामा पाटनको पारिस्थितिक जैविक प्रणाली महत्वपूर्ण भएकोले कोरियाली प्रतिनिधिहरुले यसको संरक्षणका लागि आफुहरु आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए ।