
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार भूकम्पपीडितका लागि सहायता सामाग्री लिएर जाजरकोट पुग्नुभएको छ ।
भूकम्पपीडितले ओत लाग्नका लागि पाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्काले पीडितका लागि आवश्यक पालहरू लिएर जाजरकोट पुग्नुभएको हो ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत करिब एक हजार छ सय त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गरिने छ ।
उपप्रधानमन्त्री खड्का भूकम्प आएकै दिनदेखि प्रभावित क्षेत्रमै रही उद्धार र राहतमा केन्द्रित हुनुहुन्छ । उहाँले भूकम्पपीडितको उद्धार, राहित र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने भन्दै यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मका लागि यसअघि तय भएको संयुक्त अरब इमिरेट्स ९यूएई०को भ्रमण स्थगित गरिसक्नुभएको छ ।
उहाँ हाल भूकम्पप्रभावित क्षेत्रको अनुगमन, निरीक्षण तथा घाइतेको उद्धार, राहत वितरण र पुनःस्थापनाको काममा निरन्तर खटिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्