
काठमाडौं । भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिमेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दैछन् ।
खेल भारतको अहमदाबादमा दिउँसो सवा दुई बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा श्रीलंकामाथि सानदार जितसँगै न्युजिल्यान्डले सेमिफाइनल खेल्ने सम्भावना बढाएको छ ।
न्युजिल्यान्डले श्रीलंकामाथि पाँच विकेटको सानदार जित हात पार्दै सेमिफाइनल लगभग पक्का गराएको हो ।
न्युजिल्यान्ड ९ खेलमा ५ मा जित र ४ मा हारसहित चौथो स्थानमा छ । जितका लागि १ सय ७२ रनको मध्यम लक्ष्य न्युजिल्यान्डले २३ दशमबल २ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४६ दशमलब ४ ओभरमै सबै विकेट गुमाएर १ सय ७१ रनमा समेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्