२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारले भूकम्प प्रभावितलाई राहत पठाउन उपेक्षा गरेको छैन : गृहमन्त्री श्रेष्ठ


195
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको बताउनुभएको छ ।

आइतबार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको १९ औं बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले जाजरकोट, रुकुम पश्चिम र बझाङका भूकम्प प्रभावितहरुका लागि राहत पठाउन सरकारले उपेक्षा नगरेको स्पष्ट पार्नुभएको हो । उहाँले आफुहरुले भूकम्पपछि कत्तिपनि ढिलो नगरी त्रिपाल, टेन्ट, म्याट्रेस, ब्ल्याङ्केट र खाद्यान्नहरु पठाएको र पठाउने क्रम जारी रहेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले सरकारसँग भएको साधन र स्रोतका अनुसार राहत पठाइरहेको बताउनुभयो । उहाँले आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरु पनि उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले अस्थायी आवास बनाउनका लागि ढिलो गर्नु नहुने पनि बताउनुभयो ।