९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


खेलाडी एरिका गुरुङ सम्मानित


208
Shares

माठमाडौं । एशियाली खेलकुदमा रजत पदक विजेता खेलाडी एरिका गुरुङ र प्रशिक्षकलाई एसएस फाउण्डेशनले सम्मान गरेको छ ।

सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले ३१ हजार नगद सहित सम्मान गर्नुभएको हो ।

चीनको हाङचउमा सम्पन्न १९औं एशियाली खेलकुदमा करातेतर्फ एरिका गुरुङले रजत पदक प्राप्त गर्नुभएको थियो । साथै फाउण्डेशनले फोटो पत्रकार ज्ञानेन्द्र कार्कीलाई पनि सम्मान गरेको छ ।