२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओखलढुंगामा दियोबाट आगो सल्किएर घर जल्यो


1.599k
Shares

ओखलढुंगा । ओखलढुंगामा दियोबाट आगो सल्किएर घरमा आगलागी भएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिका– २ रामपुरमा दिपावलीको अवसरमा बालेको दियोबाट आगो सल्किएर घर जल्दा १६ लाख ५० हजार बराबरको क्षति भएको छ ।

सोमबार राति भएको उक्त घटनामा स्थानीय एकबहादुर सार्की र निमबहादुर सार्कीको स्वामित्वमा रहेको एक तले पक्की घर जलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

आगलागी भएको घरमा एकबहादुर र निमबहादुरको परिवार आधा आधा गरेर बस्दै आएका थिए । इटा र सिमेन्टले बनेको उक्त घरमा लागेको आगो राति प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट घर र घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपातलगायतका वस्तु जलेको प्रहरीले जनाएको छ ।