
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४ का अवसरमा देश विदेशमा रहनु भएका नेपालीहरूप्रति शुभकामना व्यक्त गर्नुुभएको छ ।
उहाँले सन्देशमा ‘नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका साथ नेपाल संवत् ११४४ को हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
यसैगरि नेपाल संवत् ११४४ को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश जारी गर्दै नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर गर्ने अपिल गर्नुभएको छ ।

नेपाल संवत्को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले यस्तो अपिल गर्नुभएको हो । शुभकमना सन्देशमा उहाँले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने उल्ल्ेख गर्नुृभएको छ ।
नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले शंखधर साख्वाले पु¥याएको योगदान सबैका लागि प्रेरणादायी हुने संदेश प्रधानमन्त्री दाहालले दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्